नियम ११८
संवैधानिक अङ्ग तथा निकायको प्रमुखको जिम्मेवारी ऐनको दफा ५० बमोजिम वित्तीय उत्तरदायित्व बहन गर्ने, गराउने सम्बन्धमा संवैधानिक अङ्ग तथा निकायको प्रमुखको जिम्मेवारी देहाय बमोजिम हुनेछ
-
(क) आफ्नो र मातहत कार्यालयको योजना, बजेट तथा कार्यक्रम तर्जुमा गर्ने,
गराउने र कार्यान्वयनको लागि मार्गनिदेश गर्ने,
(ख) मातहतका आयोजना वा कार्यक्रम र बजेट कार्यान्वयनको त्रैमासिक रूपमा
मूल्याङ्कन गर्ने, गराउने,
(ग) विनियोजित बजेट लक्षित उद्देश्य अनुरूप खर्च हुन नसकेमा सोको जिम्मेवारी
लिने,
(घ) आन्तरिक नियन्त्रण प्रणालीको जानकारी लिने र आवश्यक निर्देशन दिने ।